नियम ४१
सुरक्षात्मक उपाय अपनाउने
रोजगारदाताले कार्यस्थलमा जडान भएको जोखिम युक्त मेशिन, औजार वा उपकरणबाट हुनसक्ने सम्भावित दुर्घटनाबाट श्रमिक वा अन्य व्यक्तिलार्इ बचाउन देहायबमोजिमको सुरक्षात्मक उपाय अपनाउनु पर्नेछः-
(क) कार्यस्थलमा रहेको कुनै मेशिन सञ्चालन गर्न वा सञ्चालनमा रहेको कुनै मेशिन वा उपकरणको कुनै भागको निरीक्षण, लुब्रिकेसन वा मर्मतको काममा तालीम प्राप्त एवं अनुभवी श्रमिकलाई मात्र लगाउने,
(ख) कार्यस्थलमा जडान भएको मेशिनरी औजार वा उपकरण हेर्न वा निरीक्षण गर्न जाने व्यक्तिलार्इ विकिरण अवरोधक चश्मा, हेल्मेट तथा अन्य आवश्यक सुरक्षात्मक पहिरन लगाएर मात्र त्यस्तो स्थानमा प्रवेश गर्ने व्यवस्था मिलाउने र त्यस्तो मेशिनरी औजार वा उपकरण छुन वा त्यसको नजीक जान नमिल्ने गरी स्थान हद तोकी छेकाबार लगाउने,
(ग) कार्यस्थलमा जडान भएको हाइड्रोलिक प्रेसर तथा अन्य यन्त्रद्वारा सञ्चालन हुने प्रेसहरु, मेटल उद्योगमा प्रयोग हुने मिलिंग मेसिनहरु, लिगोटिन मेसीन, सर्कुलर्स स्लेटन प्रिन्टीङ्ग मेसीन आदि तालीम प्राप्त र अनुभवी व्यक्तिद्वारा मात्र सञ्चालन गर्ने,
(घ) पाङ्ग्रा, लत्ता, लत्ता चलाउने सहायक, गियर, ड्रम, क्लच, ड्राईभिङ्ग वेल्ट वा मेसीन सञ्चालन गर्ने पावर जेनेरेटर, मोटर वा शक्ति सञ्चालन गर्ने अन्य जोखिमयुक्त मेशिन वा उपकरणको वरिपरि सुरक्षाको लागि उपयुक्त छेकबारको व्यवस्था गर्ने,
(ङ) ग्यास वेल्डिङ्ग वा आर्क वेल्डिङ्ग वा अन्य यस्तै कार्य गर्दा सर्वसाधारण व्यक्तिलाई असर नपर्ने गरी छुट्टै सुरक्षित स्थानमा गर्ने,
(च) मर्मत सम्भारका लागि प्रयोग हुने आवश्यक उपकरण तथा औजारहरु टुटफुट नभएको दुरूस्त अवस्थाको मात्र प्रयोग गर्ने,
(छ) मेशिनरी उपकरण सञ्चालनमा प्रयोग हुने विद्युतीय उपकरण विद्युत चुहावट नहुने गरी नियमित रूपमा जाँच गरी दुरूस्त अवस्थामा राख्नु पर्ने,
(ज) वर्कशप सञ्चालन गर्दा सर्वसाधारणलाई असर नपर्ने गरी छुट्टै पार्किङ्ग वा मालसामान राख्ने सुरक्षित स्थानको व्यवस्था गर्ने।